सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा नगरपालिका ७, गछियास्थित श्री साजीलाल माध्यमिक विद्यालयको गछिया ब्लकमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।IMG_9734

लायन्स क्लब अफ गछियाको आयोजनामा सम्पन्न सो शिविरको व्यवस्थापनमा मोरङकै विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएको लायन्स क्लब अफ गछियाका अध्यक्ष मात्रिका चापागाईँले जानकारी दिए । उनका अनुसार सुन्दरहरैँचा नगरपालिकाद्वारा सञ्चालित सुन्दरहरैँचा नगर अस्पतालले शिविरमा निःशुल्क औषधि वितरण गरेको थियो भने जीवन विज्ञान केन्द्र सुन्दरहरैँचाले २५ जना स्वयंसेवक परिचालन गरी शिविर व्यवस्थापनमा सहयोग गरेको थियो । लायन्स क्लबले कुनै पनि राजनीतिक पार्टी वा विचारलाई पक्षपोषण गर्ने नभई निःस्वार्थ भावनाले असमर्थ व्यक्तिको हितमा काम गरिरहेको बताउँदै उनले आगामी दिनमा पनि लोककल्याणकारी कार्यमा संस्था सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सभापतित्व गछिया लायन्स क्लबका अध्यक्ष चापागाईँले नै गरेका थिए भने मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर तथा काठमाडौँ मेडिकल कलेजका सञ्चालक डा.सुनिलकुमार शर्माको प्रमुख आतिथ्यमा शिविर सम्पन्न भएको थियो ।IMG_9745

शिविरका प्रमुख अतिथि डा.शर्माले शिविरबाट रेफर गरिएका बिरामीको शल्यकृया गर्नुपर्ने भएमा नोबेल अस्पतालले ५० प्रतिशत छुट दिने जानकारी दिए । यसैगरी, गम्भीर प्रकृतिका बिरामीका लागि काठमाडौँ मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गरिने उनको भनाइ थियो । शिविरमा तीन सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये अधिकांश बिरामीले जनरल मेडिसिन तथा हाडजोर्नी विभागको सेवा लिएका थिए ।IMG_9735

IMG_9743