कैलालीको चुरे पहाडको फेदको गोदावरी नदी माथिको छ दशक पुरानो पुल अवलोकन गर्नका लागि पुगेका पर्यटक। रङ्गरोगन गरी ठाउँ–ठाउँमा राष्ट्रिय झण्डा पनि फहराएर आकर्षक बनाइएको पुलमा सेल्फी लिने र वरिपरीको प्राकृतिक वातावरणको दृश्यवलोकन गर्नेहरुको दैनिक भीड लाग्ने गर्दछ। जीर्ण भएपछि यो पुलबाट यातायात आवागमनमा रोक लगाइएको छ।