मोरङको कटहरी गाँउपालिकाले कृषकहरुलाई आधुनिक र समयानुसार चलन चल्तिमा आएको वैकल्पिक खेती तर्फआकषिर्त गराउन तुलसी खेती सम्बन्धी तालिम दिन थालेको छ ।

स्थानीयस्तरमा उत्पादन गरी सोही गाँउपालिकामा रहेको आयुर्र्वेद उद्योगलाई प्रति किलो १ सय १० रुपैयामा तुलसी विक्री गर्ने सहमति भएपछि कृषकहरुलाई तालिम दिन थालिएको कटहरी गाँउपालिकाले जनाएको छ । अन्य उत्पादन भन्दा बढी आम्दानी हुने भएकाले कटहरी गाँउपालिकाले प्रति कट्ठा ३ हजार रुपैया अनुदान दिनुका साथै तुलसीको बीउ समेत उपलब्ध गराउन लागेको कटहरी गाँउपालिकाका अध्यक्ष देवराज चौधरीले जानकी दिए  ।

tulshi khiti2

दुई दिन सम्म आयोजना गरिने तुलसी खेती तालिममा करिब २५ जना कृषकहरु सहभागि भएका छन । उनीहरुलाई तुलसी खेती गर्ने तरिका, तुलसीको प्रकार, आवश्यक सामग्री र तुलसीबाट उत्पादन हुने औषधीहरु बारे जानकारी गराइएको थियो । तुलसी खेती गर्दा प्रति कट्ठा करिब ४५ हजार रुपैया खर्च लाग्ने तथा ४ देखि ६ लाख रुपैया आम्दानी हुने बताइएको छ । अध्यक्ष चौधरीले यो तालिम विल्कुलै नया भएकाले सहभगिहरु पनि उत्साहित भएको बताए । 

tulshi khiti1