नेपाल-जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३/११ केभी क्षमताका दुईवटा विद्युत् वितरण सवस्टेसनको उद्घाटन गरिएको छ ।
जर्मन सरकारद्वारा केएफडब्लु विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको कालिका गाउँपालिकास्थित कालिकास्थानमा निर्माण गरिएका विद्युत् वितरण सवस्टेसनको उद्घाटन गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र केएफडब्लुका नेपाल तथा बङ्गलादेश क्षेत्रीय कार्यालयका निर्देशक माइकल समशेर हेलिस्टनले संयुक्तरुपमा रातामाटे सवस्टेसन उद्घाटन गर्नुभयो ।
यसैगरी, प्राधिकरणका कार्र्यकारी निर्देशक घिसिङ र केएफडब्लुका दक्षिण एशियाका लागि उपनिर्देशक क्रिस्टोफ क्रिगरले संयुक्तरुपमा कालिकास्थान सवस्टेसनको उद्घाटन गर्नुभएको थियो । उक्त सवस्टेसनबाट स्थानीयरुपमा विद्युत् आपूर्ति दिइएको छ ।