साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १०.८६ अंकले घटेको छ।नेप्से परिसूचक ०.५८ प्रतिशतले घटेर १८४७.७० बिन्दुमा बन्द भएको छ।

बिहीबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ९६ करोड ४४ लाख ७७ हजार ७११ रुपैयाँ पुगेको छ। 

यस दिन २८१ वटा धितोपत्रको ३७ लाख ४९ हजार ९५४ कित्ता सेयर किनबेच भएको हो।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन समूह र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। व्यापार समूहको परिसूचक सर्वाधिक ३.०५ प्रतिशतले घटेको छ।