विराटचोक। अमेरिकामा रहेर नेपालमा सामाजिक सेवा गर्दै आएका हेम थामा र माया थापाले मन्दिरको भवन निर्माणकालागि एक लाख नगद सहयोग गर्नेभएका छन् ।
सुन्दरहरैंचा-७ को पाथीभरा कालिका मन्दिरलाई थापा दम्पतीले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद सहयोग गर्ने भएका हुन् । सोमबार मन्दिर परिसरमा आएर सो रकम दिने बताए । तेह्रथुमको साविक मोराहाङ घर भएका थापा दम्पती हाल अमेरिका बस्दै आएका छन् ।
कार्यक्रममा बोल्दै थापाले आफ्नो विगत सम्झिएका थिए । त्यो बेला बुवाले पैसाको अभाव र गरिबीले गर्दा दुख गरेर हुर्केको अरूले फालेको खाना ल्याएर खुवाई हुर्काएको आज पनि झल्झलि छ । तर आज आफू केही पैसा कमाउने ठाउँमा भएकाले दुवै दम्पतीको तलबबाट नेपालमा केही रकम सहयोग गर्दै आएको बताए ।