रामधुनी ६ सुनसरीमा अवस्थित राईजिङ्ग स्टार इङ्गिलस बोर्डिङ्ग स्कूलले आफ्नो २७ औ वार्षिकोत्सब विविध कार्यक्रम गरि मनाएको छ । स्कूलले वार्षिकोत्सबको अवसरमा बिज्ञान कला,मनोरञ्जन प्रदर्शन र अभिवावक दिवस कार्यक्रमको आयोजना गरि मनाएको हो । कार्यक्रममा विद्यार्थीहरुले निर्माण गरेका बिज्ञानका कलात्मक सामग्रीहरुको व्यवस्थित प्रदर्शनी गरिएको थियो । कोसी प्रदेश सभा सुनसरी क्षेत्र नम १ (ख) का सांसद विजय राईको विशिष्ट आथित्यता रहेको कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो । विशिष्ट अतिथीहरुको उपस्थिती रहेको कार्यक्रममा विद्यार्थीहरुले लोक सस्कृती झल्कने नृत्य समेत प्रस्तुत गरेका थिए भने ज्येष्ठ नागरिक अभिनन्दन तर्फ ९४ वर्षीय नर बहादुर श्रेष्ठलाई खादा र प्रमाण पत्र मार्फत सम्मान गरिएको थियो । कार्यक्रममा २०७८ सालमा एसईईमा ‘ए’ पलस ल्याउने तीन जना बिद्यार्थीहरुलाई विशेष सम्मान तथा प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमको सभापति समेत रहेका स्कूलका प्राचर्य शिव कुमार राईले विद्यालयको सफलता र शैक्षिक गुणात्मक स्तरलाई अझ स्तरीय बनाउदै लैजाने बताएका थिए । उनले शिक्षासङ्गै अतिरिक्त कार्यक्रम र आत्म सुरक्षाका लागि कराते प्रशिक्षणलाई विशेष प्राथमिकताका साथ अघि बढाईने पनि बताए । लागू पदार्थ सेवन तथा दुर्व्यसनीने परिवारमा ल्याउने समस्याका सम्बन्धमा विद्यार्थीहरुले सचेतनामुलक नाटक समेत प्रस्तुत गरेका थिए भने कार्यक्रममा खेल तथा कराते खेलाडीहरुले काटा पनि देखाएका थिए । यस्तै आसामको गुहाटीमा भएको चार दिने फस्ट इन्टरनेशनल स्कूल स्पोर्ट्स कराते च्याम्पियन सिपमा विजयी राजिङ्ग स्टारका चार जाना विद्यार्थीहरुले हासिल गरेका एक स्वर्ण सहित तीन रजत ल्याउने विद्यार्थी तथा खेलाडीहरुलाई बिशेष छात्रावृती प्रदान गर्दै सम्मान पनि गरिएको थियो । कार्यक्रममा कक्षा ६ मा अध्ययरत एक विद्यार्थीले ‘सस्कृती बन्दै छ विकृती’  शीर्षकमा सान्दर्भिक वकतृता प्रस्तुत गरेका थिए । जिल्ला प्याबसन सुनसरीका सचिव रमेश कार्की, रामधुनी नगर प्याबसनका अध्यक्ष अच्युत ढकाल,जिल्ला प्याबसन सुनसरीका वरिष्ठ उपाध्यक्ष नेल्शन ढकाल, रामधुनी नगरपालिका वडा न ६ का वडाध्यक्ष शिव शंकर राजधामी,नगर सभापती सुदिप अधिकारी लगायत अन्य विशिष्ट अतिथीहरुको उपस्थिती रहेको कार्यक्रममा स्कूलमा शिक्षण गर्दै आईरहेका शिक्षकहरुले आकर्षक नृत्य समेत प्रस्तुत गरेका थिए ।।