राष्ट्रपति विद्यादेवी भण्डारीले आज अधिवक्ता डा दिनमणि पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १५७  को उपधारा (२) बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उहाँलाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

महान्यायाधिवक्ता डा पोखरेल प्यूठानको झिमरुक गाउँपालिका–४ निवासी हुनुहुन्छ । महान्यायाधिवक्तालाई सरकारको प्रमुख कानुनी सल्लाहकारका रुपमा लिइन्छ । 

रासस