बेलबारी । लामो समयदेखि बालबालिकाका क्षेत्रमा काम गर्दै आएको संस्था अर्किड बेलबारीले एक कार्यक्रमकाबिच आफ्नो सातौँ वार्षिक साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । बेलबारी –२ लालभित्तीमा रहेको संस्थाको कार्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख राईले संस्थाले समाजमा पुर्याएको कार्यलाई सर्हानीय रहेको बताउँदै संस्थाले सामुदायिक विद्यालयमा पुगेर विद्यार्थी तथा अभिभावक लागि गरेको सचेतना कार्यक्रम महत्वपूर्ण रहेको बताए । नगरप्रमुख राईले बालबालिकाको क्षेत्र भनेको सम्वेदनशील भएको बताउँदै सामाजिक परीक्षण गर्ने कार्यलाई सुशासनको अभ्यास रहेको पाि बताए ।
कार्यक्रममा बेलबारी नगरपालिका वडा न २ का अध्यक्ष कृष्णबहादुर गुरुङ, सोही वडाका निवर्तमान अध्यक्ष घनश्याम गौतम, वडा सदस्य दीपक लिम्बू र सेवा क्षेत्रका विद्यालयका प्रधानाध्यापक तथा विभिन्न सामाजिक सङ्घ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । अर्किड बेलबारीका कर्मचारी सुजन भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अर्किड बेलबारीका संयोजक रेवती तिवारीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सिपिसियसका अध्यक्ष नवराज पोखरेल नवशीलाले कार्यक्रमको उद्देश्यमाथि प्रस्तुत गरेका थिए । कार्यक्रममा बेलबारी नगरपालिका वडा नं २ का अध्यक्ष कृष्णबहादुर गुरुङ, निवर्तमान वडा अध्यक्ष घनश्याम गौतम, महेन्द्र मावि सुन्दरहरैँचा –११ का प्रधानाध्यापक सुनिल झा, कबीर मावि बेलबारी –२ का प्रधानाध्यापक प्रेमकुमार कार्की, जनता मावि बेलबारी १ का प्रधानाध्यापक शम्भु खनाल, कबिर माविका विद्यार्थी रेशम विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाले दाता संस्थाको सहयोगमा विगत लामो समयदेखि सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाका लागि स्वास्थ, शिक्षा लगायतका क्षेत्रमा काम गर्दै आएको छ । संस्थाका अध्यक्ष आइतराज लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भने संस्थाका कोषाध्यक्ष हर्कराज बस्नेतको रहेको थियो ।