चन्द्र पौडेल मोरङ,२२ कात्तिक । दाजु,बहिनीबीच प्रेमको प्रतिको रुपमा रहेको समा–चकेवा पर्व मंगलबार थारु कल्याणकारीणी सभा नगर समिति मोरङ बेलबारीले बाहुनी बजारमा नगर स्तरीय समा–चकेवा सा“स्कृतिक कार्यक्रमको आयोजना गरि मनाएको छ ।
दाजुभाइलाई दिदीबहिनीहरुले आशिषका गीत, महिमा गाएर समा–चकेवा सम्पन्न गर्ने चलन छ । ‘सामा खेल गेलिह हौ भैषा चखेवा ल्याई गेल चोर, हमर भैया जुगजुग जीवत भौजोक बढ्त अहिवात’ लगायतका गीत गाउने चलन छ । यो पर्वमा माटोबाट बनाइएको सामा र चखेवा सतभैया, भमरा बृन्दावन लगायत दही चिउरा बा“सको च“गेरीमा हालेर टाउको माथि राखेर दिदीबहिनीहरु खोला तलाउको छेउमा राति अबेरसम्म गीत गाएर दाजुभाइलाई आशिष दिने प्रचलन रहेको छ ।
समा–चकेवा मधेसका दिदीबहिनीहरुले महत्वका साथ मनाउ“छन् । छठ पर्वदेखि नै तराईका घरघरमा साझ पर्नेबित्तिकै बालिका,किशोरी,युवती महिला, बृद्धाहरु समुहमा बसेर गीत गाउने गरेका धनिराज चौधरीले बताए । सामा, चकेवा चुगलाको माटोको विभिन्न आकृतिको मूर्ति ढक्कीमा राखेर दाजुभाईको दीर्घायुको कामना गर्ने । द्धापर युगमा भगवान् श्रीकृष्णकी छोरी श्यामाले आफ्नो भाइ शाम्बको दिर्घायुको कामना गर्दै सामा पर्व मनाउने बारे चौधरीले प्रकाश पारे ।
आयोजित कार्यत्रमका बोल्दै बेलबारी नगरपालिकाका नगर प्रमुख दिल बहादुर राईले समा–चकेवा पर्वको शुभकामना दिदैं यसमा थारुहरुको कलाको पौराणीक,ए्ेतिहासिक सांस्कृतिक सभ्यताको संरक्षण गर्ने भएकाले यसको जर्गेनामा सबै एकजुट हुनु पर्नेमा जोड दिए । यस्ता मौलिकता झल्काउने धार्मिक,सास्कृतिक रितीरिवाज जर्गेनाका निम्ती नगरपालिकाले जिवित सङ्ग्रहालय (पार्क) निर्माणमा आदिबासी जनजातिहरुसंग सहकार्य गर्न नगरपालिका तयार रहेको बताए ।
त्यसै क्रममा बोल्दै बेलबारी वाड नं. ७ की वडा अध्यक्ष सुनिता चौधरीले धर्म संस्कृति कुनै व्यक्ति विशेषमा मात्र नहुने यसले समग्र राष्ट्को प्रतिनिधित्व गर्ने भएकाले सबैले एकआपसमा हातेमालो संस्कृति संरक्षण गर्नु पर्नेमा जोड दिइन् । उनले भनिन् चुनावको माहोल भएकाले भ्रमपूर्ण खबरहरु बाहिर आएकाले वडाबासीहरुलाई यस्ता भ्रमीत सामाचारहरुको पछि नलाग्न आग्रह गरिन वडा नं ७ ले वडा विकासको लागि ५० लाख र काफ्ले टोल विकासका निम्ति ७ लाख छुट्याएको रकम कतै नगएको र बाहुनी विकासका लागि खर्च हुने प्रष्ट पारिन । चौधरीले खेलकुद विकासका लागि नगरपालिकासंग सहकार्य गरेर अघि बढेको बताइन् ।
आयोजित कार्यक्रममा विभिन्न झाकीहरु प्रर्दशनीका साथै स्थानीय कलाकारहरुले प्रस्तुति दिएका थिए ।