बिराटनगर ।   प्रदेश  १ राजधानी बिराटनगरमा थारु कला केन्द्रले अभिमुखीकरण तालिम संचालन सम्पन्न गरेको छ।  थारु कला केन्द्रको आयोजना हुने नोबेल मिस्टर एण्ड मिस थारु आइकन तेस्रो संस्करणका लागि अडिसन दिएका ७० जना मध्ये छनौट भएका महिला पुरुष गरी ५० जनालाई अभिमुखीकरणमा समाबेश गरिएको अध्यक्ष बिएन चौधरीले प्रेस सम्मेलनबाट जानकारी दिए ।  

थारु कला, संस्कृति, भेषभुषा, भाषा, खानपान तथा रितिरिवाजलाई झल्काउँन र संरक्षण गर्न तथा थारु प्रतिभालाई उजागर गर्न मिस्टर एण्ड मिस थारु आइकन कार्यक्रम आयोजना गरेको हो।  

अवसर र चुनौतिको खोजि गरी थारु समुदायको सौन्दर्यता र प्रतिभालाई मात्र झल्काउने होइन  थारुको कला संस्कृति, परम्परा, भेषभुषा र भाषालाई बचाई राख्न र संरक्षण गर्न र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने र अवसर प्रदान गर्ने थलो  समेत रहेको केन्द्र संस्थापक अध्यक्ष तथा सल्लाहकार देब कृष्ण बिश्वास उल्लेख गरे।  

त्यसै गरी थारु कला केन्द्रले  ३५ दिन बन्द प्रशिक्षण तालिममा सहभागी गराएर ग्राण्ड फिनाले गर्ने बिराटनगरमा गराउने भएको छ।  बिभिन्न विधामा अवार्ड पाउने, प्रथम, दोस्रो र तेस्रोलाई नगद पुरस्कार तथा सम्मान पाउने थलोको रुपमा स्थापित गरेका छन्  । पुरस्कार नै पाउनु ठुलो कुरा होइन, आफ्नो नेतृत्व र व्यक्तित्व बिकास र सकारात्मक ज्ञान बटुलने सुरक्षित प्ल्याट फर्म समेत थारु कला केन्द्र अवसर प्रदान गरेको प्रमुख सल्लाहाकार सुची चौधरीले बताईन।  

तेस्रो संस्करणमा भने बिजेताहरुले नगद सहित दुबई भ्रमण गर्न पाउने छन् । साथै अध्यनका निःशुल्क छात्रवृति, निःशुल्क बेसिक एण्ड मेकअप कोर्ष, म्युजिक भिडियोमा अवसर पाउने चौधरीले बताए