बिराटनगर। थारु कला केन्द्रको आयोजनामा हुने प्रदेश १ स्तरीय नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०७९ का लागि आज बिराट नगरबाट मेगा अडिसन गरि अडिसन राउण्ड सकिएको छ । यसका अघि झुम्का गाईघाट दुहबी नेताचोक बिर्तामोड र आज बिराटनगर गरि ५० जना भन्दा माथि प्रतिस्पर्धी हरु छनोट गरेको छ ।
थारु कला, संस्कृति, भेषभुषा, भाषा, खानपान तथा रितिरिवाजलाई झल्काउँन र संरक्षण गर्न तथा थारु प्रतिभालाई उजागर गर्न कार्यक्रम आयोजना हुने अध्यक्ष बिएन चौधरीले जनाएको छ। पहिलो र दोश्रो संस्करण सफलता पुर्वक संम्पन्न गरी सकेको थारु कला केन्द्रले तेस्रो संस्करणमा बिगत भन्दा प्रभाबकारी तथा पर्यटकीय प्रवर्धनमा समेत टेवा पुग्ने गरी कार्यक्रम हुने र मिस्टर एण्ड मिस थारु आइकन २०७९ का लागि एसएलसी तथा एसीइइ उतिर्ण, १६ बर्ष देखि २७ बर्ष सम्मका अबिबाहित महिला तथा पुरुषले अडिसन दिएको छ । तेस्रो संस्करणमा भने बिजेताहरुले नगद सहित दुबई भ्रमण गर्न पाउनेछन। साथै अध्यनका निःशुल्क छात्रवृति, निस्शुल्क बेसिक एण्ड मेकअप कोर्ष, म्युजिक भिडियोमा अवसर पाउने चौधरीले बताए।अरु ब्युटी प्याजेन्ट “सो” भन्दा यो फरक कार्यक्रम रहने र यसमा थारु समुदायको सौन्दर्यता र प्रतिभालाई मात्र झल्काउने होइन थारुको कला संस्कृति, परम्परा, भेषभुषा र भाषालाई बचाई राख्न र संरक्षण गर्न र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने र अवसर प्रदान गर्ने थलो रहेको केन्द्र सल्लाहकार तर्क छ।
यस्ता कार्यक्रम अझै हुने पर्ने र आफ्नो सस्कृति जोगाउने यो कार्यक्रम ले टेवा पुर्याउने था क स अध्यक्ष प्रदिप भगत थारु बताउनु हुन्छ
नया पुस्ता लाइ थारु को मौलिकता हस्तास्तरण गर्ने र प्रस्तिस्पर्धि हरु को भ्याक्तित्ब बिकासको का लागि यो कार्यक्रम महत्बो रहेको प्रतिस्पर्धी हरुले बताउछन ।
पहिलो संस्करणमा बिजेता तेजेन्द्र बिश्वास र सिवानी चौधरी, फर्स्ट रनर अप सिजन चौधरी र सृजना चौधरी, सेकेन्ड रनर अप सुवास चौधरी र अंकिता चौधरीलाई चिनाउन सफल भएका थिए भने दोश्रो संस्करणमा बिजेता अमन चौधरी र अंकिता बिश्वास, फर्स्ट रनर अप करण माझी र रेसिका चौधरी, सेकेन्ड रनर अप पारस चौधरी र सोनम चौधरी भएका हुन्।
थारु कला केन्द्रको आयोजना हुने उक्त कार्यक्रम कोरोना कहर थलिएको अवस्थामा बिगत २ वर्ष देखि निरन्तर गर्न सकेको थिएन।