बेलबारी  ।  स्रस्टा समाज बेलबारी मोरंग को आयोजना मा गर्दै आएको आऊ आऊ पहिचान बनाऊभन्ने मूल नारासहितको सुर सप्तक बेलबारी आइडल ४ २०७९ को सुरु भएको छ । बेलबारी नगरपालिकाले आफ्नो बजेटमा नै बिनियोजन गरेको यो कार्यक्रम २०७९ बैसाख बाटनै प्रचार प्रसारसुरुवात गरि प्रतिस्पर्धी छनोट गरि सकेको छ गत बर्षझैँ यस बर्ष पनि बिबिध उमेर छेत्र समुदाय भूगोल आदि बाट सहभागिता भएको देखिनछ ।

८ बर्ष कि बालिका तथा ४० बर्षकी भद्र महिला समेत सहभागी देखिएको छ । आज भएको   प्रि फाइनल बाट १० जना फाइनल असार १८ गतेको लागि छनोट भएका छन । आज संगीतकार भिम बस्नेत संगीतकार तथा गायक अनुप दियाली तथा गायक चण्डी राईको निर्णायक मा १० जना छनोट भएका छन् ।

छनोट भएका  १०  जना  प्रतिस्पर्धीहरु 

अपेक्षा आचार्य, बिबस खड्का, बिस्वाश राई ,तिर्सना राई ,मौसम नेपालि, साजन बराइली ,बिशाल केसी ,अर्पना शिवा ,कुशल गिरि र मानिस भुषाल  रहेका छन् र अब १० जना प्रतिस्पर्धीहरु लाइ १५ दिने तालिम दिइ  असार १८ गते सास्कृतिक भवन बेलबारीमा फाइनलको लागि आफ्नो प्रस्तुति दिने छन्  ।

बिजेता लाइ नगत ३०००० सहित ट्रफी र प्रमाणपत्र सह बिजेतालाई १५००० सहित ट्रफी र प्रमाणपत्र र उप बिजेता लाइ १०००० सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ ।